२०८३ भाद्र १, सोमबार    

मकवानपुरमा भिमफेदीको भ्रमण टोलीको बस दुर्घटनामा २२ जना घाइते, पाँच जनाको अवस्था गम्भिर

२०८१ चैत्र २८, बिहीबार १२:२६ बजे

हेटौंडा । मकवानपुरमा भिमफेदीको भ्रमण टोलीको बस दुर्घटनामा २२ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानीबजार स्थित धरान चतरा सडकखण्डमा सिन्धुलीबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०६–००१ ख ०२७० नंबरको बस दुर्घटनामा २२ जना घाइते भएका हुन् ।

भिमफेदी गाउँपालिका कृषी तथा पशु शाखा भिमफेदीले अगुवा कृषक भ्रमणको रिजर्भ बस घुम्तिमा अचानक दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

घाइते २२ जना मध्य गम्भिर प्रकृतिका पाँच जना घाइतेहरुलाई भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ । गएराती भएको दुर्घटनामा घाइते भएका ११ जनाको हेटौंडामा रहेको मकवानपुर सहकारी अस्पताल र ६ जनाको हेटौंडा अस्पतालमा उपचार भएको छ ।