२०८१ बैशाख ८, शनिबार    

कम्ब्याक गर्दै विरोध

२०७९ मंसिर ५, सोमबार १९:१९ बजे

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडाले आफ्नो अग्रतालाई बढाएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार महेश बर्तौलासँगको अग्रतालाई बढाएका हुन् । हालसम्म ४४१७ गणनाहुँदा खतिवडाले १९२० मत प्राप्त गरेका छन् । बर्तौलाले १६०५ मत प्राप्त गरेका छन् । प्रारम्भिक मतगणनामा खतिवडा पछाडि परेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५०१ मत प्राप्त गरेका छन् ।