२०८१ बैशाख १७, सोमबार    

मनहरीमा दुईवटा ट्रक ठोक्किँदा आगलागी, दुईजना घाइते

२०८० असार २३, शनिबार ०६:५९ बजे

मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा आगलागी भएर पूर्णरूपमा क्षति भएको छ ।

शनिबार राति करिब १ः४५ बजेको समयमा मनहरी ६ नयाँवस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरित दिशाबाट आएका दुईवटा ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरित दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रकएक आपसमा ठक्कर खाएर दुर्घटनाहुँदा दुबै ट्रकमा आगलागी भएको हो ।

दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ति–३ का ३५ वर्षीय विबेक तमाङ र ६३१ नम्ब ट्रक चालक मनहरी–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीरुलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

ट्रकमा आगलागी भएपछि केही समय पूर्वपश्चिम राजमार्ग बन्द भएको थियो । हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकलले ट्रकमा लागेको आगो नियन्त्रण गरेको थियो ।