२०८१ बैशाख १७, सोमबार    

विपन्नलाई सिलाई मेसिन हस्तान्तरण

२०७९ पौष २६, मंगलबार १६:५४ बजे

दैनिक जिवनयापनमा समस्या व्यहोर्दै आएका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले सिलाई मेसिन हस्तान्तरण गरेको छ । उपमहानगर क्षेत्रभित्र रहेका विपन्नको उत्थान र दैनिक जिवनयापनमा सहज बनाउन सिलाई मेसिन हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–४ मा रहेर सिलाई कटाईको काम गर्दै दैनिक जिवनयापन गरिरहेका लादरसिं परियारलाई अनुदान स्वरुप सिलाई मेसिन हस्तान्तरण गरिएको हो । करिब १२ हजार रुपियाँ बराबरको मेसिन हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले परियारलाई हस्तान्तरण गरेकी हुन् ।

गाउँबाट हेटौंडा बजारसम्म अध्ययनका लागि आउँन र जानका लागि असहज भएको भन्दै हेटौंडा–१५ कि छात्रा सुमिना पाख्रिनलाई साईकल हस्तान्तरण गरीएको छ ।

उच्च शिक्षा अध्ययनको लागि हेटौंडा आउँने र हेटौैंडा ४ स्थित एक पसलमा कार्यरत उनलाई यात्राको सहजताका लागि हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले साइकल हस्तान्तरण गरेकी हुन् ।