२०८१ बैशाख १६, आईतबार    

नक्कली नोटसहित चौघडाका चौलागाईं पक्राउ

२०८० कार्तिक २४, शुक्रबार १२:११ बजे

मकवानपुर प्रहरीले नक्कली नोटसहित हेटौंडा–६, चौघडाका एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका अनुसार बिहीबार दिउँसो हेटौंडा–१५, रातोमाटेबाट नक्कली नोटसहित उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौंडा– ६, चौघडाका ३० वर्षीय देवराज चौलागाईं रहेका छन् ।

मकवानपुर प्रहरी प्रवक्ता एवम् डिएसपी लक्ष्मी भण्डारीका अनुसार चौलागार्इंको साथबाट ५ सय दरका २० थान नक्कली नोट भेटिएको छ । चौलागाईं हेटौंडा–१५, नयाँवस्तीस्थित भित्रि सडकखण्डबाट प्रदेश २–०३–००९ प ३८९८ नम्बरको स्कुटरमा नक्कली नोट राखेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
चौलागाईंलाई हिरासतमा राखेर थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल राष्ट्रबैंक ऐन–२०५८ (संशोधित) अनुसार जाली नोटको कारोबार गरेमा बिगो जफत गरेर तीन गुणासम्म जरिवाना वा ३ वर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था छ । मुलुकी अपराध संहिता–०७४ अनुसार ५ वर्षदेखी १० वर्ष कैद र पचास हजारदेखी एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।