मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् ।
१२ हजार १२८ मत गणना गर्दा गठबन्धनका बानियाँले ६ हजार २५६ मत ल्याएका छन् । नेकपा एमालेका लालबहादुर थापाले ४ हजार ८९९ मत पाएका छन् । थापालाई बानियाँले १ हजार ३५७ मतले पछि पारेका छन् ।
बानियाँले हासम्मको अवस्थामा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिरहेका छन् । जसबाट उनी सहजै विजयी हुने अनुमान लाउन सकिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बद्री बहादुर खड्काले ३४१ मत पाएका छन् । मतगणना जारी रहेको छ ।