२०८१ बैशाख १६, आईतबार    

एसिड प्रहारबाट बाँच्न र न्याय पाउन संघर्ष गरेकी कंसाकार सांसद बन्दै

२०७९ चैत्र ३०, बिहीबार ०९:५६ बजे

एसिड आक्रमणमा परेकी हेटौंडा–२, की बिन्दबासिनी कंसाकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यमा सिफारिस गर्ने भएको छ ।

पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको पार्टीले उनको स्थानमा कंसाकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । रास्वपा केन्द्रीय सदस्यले नयाँ सांसदमा कंशाकारलाई निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । नेता ढाकाकुमार श्रेष्ठले भने केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको प्रतिक्रिया दिएका थिए ।

०७० वैशाख ९ हेटौंडास्थित आफ्नै घरमा उनीमाथि एसिड प्रहार भएको थियो । तेजाबले शरीर जले पनि अपराधीलाई सजाय दिलाउने उनी दृढतापूर्वक लागेकी थिइन् ।

२० वर्षमा भएको एसिड प्रहारबाट बाँच्न र न्याय पाउन उनले गरेको संघर्षका कारण घटनाका मुख्य दोषी राजकेशरीलाई प्रहरीले भारतबाट पक्राउ गरेको थियो । पछिल्लो समय उनी एसिडबाट घाइते भएकाहरुलाई न्याय दिलाउने कार्यमा सक्रिय थिइन् ।