२०८१ बैशाख ८, शनिबार    

एक वर्षमा सवारी साधन दुर्घटनाका ३६५ वटा मुद्दा दर्ता

२०७९ श्रावण १८, बुधबार १६:३१ बजे

बागमती प्रदेशका १० जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ७९८  दुर्घटनामा ३६५ वटा सवारी साधन दुर्घटना सम्बन्धी मुद्दा दर्ता भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चितवनमा भएको ५३२ वटा दुर्घटनामा १२५ वटा सवारी साधनहरु सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै मकवानपुरमा भएको ३१८ वटा दुर्घटनामा ६५ वटा मुद्दा दर्ता भएको छ भने सिन्धुलीमा भएको २९१ वटा दुर्घटनामा ४५ वटा मुद्दा दर्ता भएको छ ।

रामेछापमा भएको ३२ वटा दुर्घटनामा ७ वटा, दोलखामा भएको ४० वटा दुर्घटनामा ६ वटा, काभ्रेमा भएको १५१ वटा दुर्घटनामा ४० वटा, सिन्धुपाल्चोकमा भएको ६७ वटा दुर्घटनामा १६ वटा, नुवाकोटमा भएको ८२ वटा दुर्घटनामा १३ वटा, धादिङमा भएको २७२ वटा दुर्घटनामा ४५ वटा र रसुवामा भएको १३ दुर्घटनामा ३ वटा वटा मुद्दा दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।