२०८१ बैशाख २८, शुक्रबार    

हेटौंडा जेसीज फुट्यो, गढी जेसीज स्थापना

२०७८ माघ १५, शनिबार १७:४७ बजे

हेटौंडा/ जिल्लाकै सवैभन्दा पुरानो जेसीज हेटौंडा जेसीज विभाजित भएको छ ।

हेटौंडा जेसीजमा आबद्ध भएका आधा दर्जन युवाहरुको सक्रियतामा मकवानपुर गढी जेसीज स्थापना हुने भएको हो । पालुङ जेसीजको मातृत्वमा गढी जेसीज खुल्न लागेको हो । यसअघि हेटौंडा जेसीजमा आबद्ध भएका तथा विभिन्न पदमा रहेर अनुभव बटुलिसकेका पुष्पराज पुडासैनीको अध्यक्षतामा नयाँ जेसीज प्रस्ताव गरिएको छ । आगामी वर्ष वीरगञ्जमा हुने राष्ट्रिय महाधिवेशनबाट यस जेसीजले पूर्णरुपमा स्थापित हुनेछ ।

‘अहिले प्रस्तावित जेसीजको रुपमा हामी रहेका छौं । पालुङ जेसीजको मातृत्वमा हामीले तालिम समेत सञ्चालन गरिसकेका छौं ।’, प्रस्तावित गढी जेसीजका अध्यक्ष पुडासैनीले भने । हाल हेटौंडा जेसीजमा आबद्ध रहेका रोशन सापकोटा, इरोज न्यौपाने, सुनिल सुवेदीलगायत युवाहरु हाल गढीमा आबद्ध भएका छन् । ‘अझै धेरै साथीहरु जोडिनु हुनेछ ।’, पुडासैनीका अनुसार ५१ जना युवाहरु प्रस्तावित गढी जेसीजमा आबद्ध छन् ।

पछिल्लो समय हेटौंडा जेसीजमा पूर्वअध्यक्ष अरुण दाहालको समूह हावी भएसँगै उनीसँग रुष्ट समूहले गढी जेसीज जन्माएको स्रोतले जनाएको छ । गढी जेसीज स्थापना गर्न हेटौंडा जेसीजका पूर्वअध्यक्ष काव्यमणि अधिकारीको विशेष सक्रियता रहेको बुझिएको छ ।