२०८१ बैशाख ११, मंगलबार    

हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०७९ जेठ १८, बुधबार १४:५१ बजे

हेटौंडा उपमहानगरपालिका-९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट आउँदै गरेको बागमती प्रदेश ०३९००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्रीको सनाखत भएको छैन ।बसलाई नियन्त्रणमा लिएर अवश्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।