२०८१ बैशाख १७, सोमबार    

मकवानपुर र धादिङ्ग जोड्ने सडक २० करोड लागतमा निर्माण हुँदै

२०८० श्रावण २६, शुक्रबार १४:५२ बजे

मकवानपुर र धादिङ्ग जिल्ला जोड्ने सडक २० करोड लागतमा निर्माण हुँदै छ । प्रदेशको पूर्वाधार विकास कार्यालय, चितवन मार्फत डाँडाबास दामगाडे महादेववेसी सडक आयोजना निर्माण गर्न लागिएको हो ।

मकवावानपुरको थाहा नगरपालिका वडा नम्बर–७ र ८ हुँदै धादिङ जिल्लाको थाके्र गाउँपालिका वडा नम्बर–३ जोड्ने सडक निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्षमा २० करोड रुपैयाँको ठेक्का लगाएर सडक निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ ।

यो सडक निर्माणका लागि ठेक्का लगाउने र आयोजना निर्माण सुरु गरिने जनाएको छ । दुइ जिल्ला जोड्ने सडक निर्माण गरेर काठमाण्डौं जोड्ने बैकल्पीक मार्ग समेत निर्माण गर्न लागिएको हो ।