२०८१ बैशाख १७, सोमबार    

निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०८० पौष १६, सोमबार १३:५४ बजे

राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० का लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

हेटौंडामा वाग्मती प्रदेशअन्तर्गत्का मतदाताले मतदान गर्ने भएपछि कार्यालय स्थापना गरिएको हो । यसअघि पनि हेटौंडामै राष्ट्रियसभाको निर्वाचन हुने गरेको थियो ।
सोमबार हेटौंडा–५ स्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशबाट ४ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।

प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार वाग्मती प्रदेशमा ३ सय ४७ जनाले मतदाता रहेका छन् । यस प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् । यसवर्ष प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको १९ कायम गरिएको उनले बताए ।

मतदान हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ ।