२०८१ बैशाख ६, बिहीबार    

लागूऔषध कुलतमा फसेकालाई तालिम

२०७९ माघ १६, सोमबार १८:४३ बजे

लागूऔषधको कुलतमा फसेपछि सुधार केन्द्रमा रहेका युवाहरुलाई लक्षित गर्दै हेटौंडामा विद्युत जडान तालिम सुरु भएको छ ।

लागूऔषधको कुलतमा परेर दैनिक जीवनयापनमा समेत असहज अवस्था आएपछि रिकभरीड्ड सेन्टर पुगेकालाई सुधारपछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि सहज होस् भन्नका लागि तालिम सञ्चालन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायीक तथा सीप विकास तालिम केन्द्र र मकवानपुर रिकभरीड्ड समूहले सञ्चालन गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।

नगर प्रमुख लामाले बिद्युत जडान तालिममा लागेकालाई रोजगारीको व्यवस्था मिलाउनका लागि उपमहानगरपालिका तयार रहेको बताइन् । रिकभरीड्ड समूह अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा भएको तीन महिने तालिम उद्घाटन कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, १४ का अध्यक्ष दिपक खड्का, हेटौंडा ५ का वडा सदस्य रञ्जीता सिलवाल, हेटौंडा उपमहानगरपालिकाका समाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, गैरसरकारी सस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, मानव अधिकार संगठनकी शर्मीला श्रेष्ठको आतिथ्यता रहेको थियो ।

सुधार केन्द्रमा रहेका ३६ जना मध्य २० जना तालिममा सहभागी छन् । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका महेश आचार्यले प्रशिक्षण दिनेछन्।