२०८१ चैत्र ७, बिहीबार    

लापसे गरी सवारी चलाउने दुईजना चालक नियन्त्रणमा

२०८१ माघ १८, शुक्रबार १९:३६ बजे

लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाएका २ जना मकवानपुर प्रहरीको फन्दामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको संयुक्त चेकिङको क्रममा २ जना प्रहरी फन्दामा परेका हुन् । भीमफेदी गाउँपालिका १ बाघझोरास्थित त्रिभुवन सडक खण्डमा सवारी साधन चेकिङको क्रममा ना १ ज ५४४६ नम्बरको सुमो चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका ७ का ३५ वर्षका सन्तोष संजेल र ललितपुरको गोदावरी नगरपालिका ४ का ३६ वर्षका सुविन पहरी प्रहरीले पक्रेको हो ।

शंकाको आधारमा ड्रग्स टेष्ट किटबाट स्वास्थ्य परीक्षण गर्दा लागूऔषध सेवन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी निरीक्षक) केशव अधिकारीले बताए ।

लापसे गरी सवारी चलाउने दुवै चालकलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।