२०८१ जेठ ८, मंगलबार    

कोभिडका कारण स्थगित लोक सेवाका परीक्षा फागुन ७ देखि

२०७८ माघ २०, बिहीबार १९:२६ बजे

काठमाडौँ — कोभिड(१९ को संक्रमणका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगको बुधबार बसेको बैठकले यसअघि महामारीको कारण स्थगित भएका परीक्षाहरू फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

संक्रमण तीव्र गतिमा फैलिएका कारण यसअघि ६ माघमा आयोगले परीक्षा तालिका निर्धारण भइसकेका विभिन्न तहका परीक्षाहरू स्थगित गरेको थियो । आयोगले अब पूर्वनिर्धारित ती परीक्षाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गर्ने भएको हो ।

आयोगले उपसचिव वा सो सरह ९अप्राविधिकरप्राविधिक०, शाखा अधिकृत वा सो सरह ९प्राविधिक० र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न परीक्षाको कार्यतालिकोसमेत प्रकाशित गरेको छ ।