२०८१ बैशाख १७, सोमबार    

कांग्रेस मकवानपुरले ग¥यो आन्तरिक विशेष अभियानको समापन

२०८० श्रावण ३०, मंगलबार १४:४८ बजे

नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ ।

जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य/मकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाको प्रमूख आतिथ्यता एवं बागमती प्रदेश सदस्य/मकवानपुर प्रतिनिधि कैलाश कोइरालाको विशेष आतिथ्यतामा समापन कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरको वडा, पालिका, प्रदेश तथा संघीय तहमा यही साउन २० गतेदेखि २९ गतेसम्म खटिएका जिल्ला तथा प्रदेशबाट खटिएका प्रतिनिधिहरुबाट पार्टीको अहिलेको अवस्था र पार्टी सुदृढिकरणको लागि भावी दिनमा गर्नुपर्ने क्रियाकलाप र सुझाव समेटी बनाईएको प्रतिबेदन जिल्ला कमिटि, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई बुझाएका थिए ।

केन्द्रीय प्रतिनिधि र बागमती प्रदेश प्रतिनिधिले वडा, गाउँपालिका, क्षेत्रीय र संघीय तहको आन्तरिक विशेष अभियानबाट आएको सुझावसहितको प्रतिवेदन लिएर आफ्नो रायसुझाव र आफूले बुझेको संगठनको अवस्थाबारे प्रतिबेदन तयार पारी केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने छन् ।