२०८१ बैशाख १६, आईतबार    

भैंसे बजारमा पहिरो जाँदा दुईवटा घर पुरियो

२०८० श्रावण २७, शनिबार १३:५१ बजे

भीमफेदी गाउँपालिका–२ स्थित भैंसे बजार नजिकै पहिरो जाँदा दुईवटा घर पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोले घर पूर्णरुपमा क्षति भएको छ । शनिबार दिउँसो करिब १ः३० बजेको समयमा खसेको पहिरो कारण भैंसे–पालुङ सडक खण्ड पूर्णरुपमा बन्द भएको छ ।

‘पहिरोले घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अहिले सडक पनि बन्द भएको छ ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय हेटौंडासँग समन्वय भइरहेको बताए ।