२०८१ बैशाख १३, बिहीबार    

हेटौंडामा एमाले तेस्रो स्थानमा झर्‍यो

२०७९ जेठ १, आईतबार १४:३३ बजे

हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ ।

मतगणनाको सुरुवातबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा पुगेको हो । हालसम्म २२ सय ४२ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् ।

दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपक सिंह रहेका छन् । उनले २१ सय ३७ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन् । उनको २ हजार ३७ मत प्राप्त गरेका छन् । हाल हेटौंडा १, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । हेटौंडा १ को मतगणना अन्तिम चरणमा पुगेको छ ।