२०८१ बैशाख १५, शनिबार    

लायन्स र लियो क्लबद्वारा वृक्षरोपण

२०८० भाद्र ३, आईतबार १५:१० बजे

लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगर आयोजनामा वृक्षरोपण भएको छ ।

थाहा नगरपालिका–४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा वृक्षरोपण गरिएको छ ।

क्लबले धुपी, लौठ सल्ला, रोजमेरी, देबदार प्रजातिका करिव ५० वटा बिरुवा रोपेको लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष रोशनी गोपालीले बताइन् ।

लायन्स क्लबको बार्षिक कार्यक्रमअन्तर्गत् वृक्षरोपण गरिएको र रोपिएका बिरुवाहरुलाई नियमित गोडमेल, संरक्षण गरी हुकाईने लायन्स क्लब अफ थाहा पिसका सचिव निरज रायमाझीले प्रतिबद्धता जनाए ।

लियो क्लव अफ पिस थाहानगरका रोशनी गोपालीको अध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रममा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, निवर्तमान अध्यक्ष जयराम खत्री, बर्ष २०२३/२०२४ का अध्यक्ष गीता कार्की, प्राथमिक स्वास्थ्य केन्द्रका डा.गगन कार्की, डा.पवन कार्की, लियो क्लबका पूर्वअध्यक्ष कमल बिष्टलगायत लायन्स क्लव र लियो क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।