२०८१ बैशाख ७, शुक्रबार    

धार्मिक पर्यटन विकास समिति संयोजकमा महत

२०७९ श्रावण १०, मंगलबार १६:५८ बजे

जिल्लाभित्रका धार्मिक पर्यटन क्षेत्रको एकीकृतरुपमा विकास गर्ने उद्देश्यले गठित समिति संयोजकमा नेपाली कांग्रेसका युवा नेता भीमसेन महत चयन भएका छन् ।

मंगलबार भएको भेलाबाट महतको नेतृत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरिएको हो । समितिमा सहसंयोजक इश्वरीप्रसाद न्यौपाने, सचिव विनोद महत, सहसचिव बासुदेव खतिवडा र कोषाध्यक्ष राममान श्रेष्ठ रहेका छन् ।

समिति सदस्यमा केदार चौलागाईं, रामानुज वाग्ले, चित्रप्रसाद भट्ट, जगन्नाथ पाण्डे, शालिकराम अधिकारी, अर्जुनप्रसाद तिमल्सिना, राजीव सुवेदी र रविन्द्र घिमिरे छन् ।

समितिले पहिलो चरणमा हेटौंडाभित्रका संरचना निर्माण भएका मन्दिरको गुरुयोजना बनाउने र स्थानीय तथा प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आग्रह गर्ने उद्देश्य रहेको महतले जानकारी दिए ।

‘अब स्थानीय र प्रदेश सरकारलाई छिटपुट रकम विनियोजित नगरी एकीकृतरुपमा गुरुयोजना अनुसार बजेट छुट्याउन हामी अनुरोध गर्नेछौं ।’, महतले भारतीय सीमा क्षेत्रका धार्मिक पर्यटकलाई मकवानपुर भित्र्याउन आवश्यक प्रचारप्रसार कार्य समितिले अगाडि बढाउने बताए ।