२०८० चैत्र १६, शुक्रबार    

मिचेल स्टार्कले बीबीएल नखेल्ने

२०७९ असार २०, सोमबार १२:५६ बजे

अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्कले बिग बास लिग (बीबीएल) नखेल्ने भएका छन् । बीबीएलको १२ औं संस्करण आगामी डिसेम्बरदेखि सुरु हुँदैछ । तर अष्ट्रेलियन तिव्र गतिका बलर स्टार्कले भने बीबीएल नखेल्ने बताएका छन् ।

आगामी जनवरीमा दक्षिण अफ्रिका विरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला रद्द हुने प्रक्रियामा रहेकोले मल्टी फर्म्याट स्टार स्टार्कले दोस्रो चरणमा खेल्ने अनुमान थियो । तर स्टार्कले यस सिजन कुनै पनि समयमा बफू बीबीएलमा नदेखिने बताएका हुन् । ३२ वर्षीय स्टार्कले सन् २०१४९१५ मा पछिल्लो पटक सिड्नी सिक्सर्सबाट बीबीएल खेलेका थिए । त्यसयता उनले बीबीएल खेलेका छैनन् ।

‘जब मैले बीबीएल खेल्थेँ मैले रमाइलो गरेँ । ।।‍तर विगत सात वर्षमा सबै फ्रेन्चाइजी क्रिकेटसँग मेरो दृष्टिकोण परिवर्तन भएको छैन’, स्टार्कले गालेमा एएपीलाई भने । स्टार्कले अष्ट्रेलियाको लागि आफू फिट भएर राम्रो प्रदर्शन गर्न चाहेको बताए ।

 

‘मैले अष्ट्रेलियाको तालिका हेरेको छु र त्यसका लागि सकेसम्म फिट र राम्रो प्रदर्शन गर्न चाहन्छु । र फ्रेन्चाइज क्रिकेटलाई अली पछाडि राखेको छु’, अव्यवस्थित अन्तर्राष्ट्रिय तालिकाको बीचमा स्टार्कको भनाइ आएको छ । श्रीलंकाको भ्रमणपछि अष्ट्रेलियाले जिम्बावे, न्युजिल्याण्ड, भारत, इंग्ल्याण्ड र वेष्टइन्डिजसँग ह्वाइट बल शृंखला खेल्नेछ । त्यसपछि घरेलु मैदानमा टी९२० विश्वकप खेल्नेछ ।

बीबीएलअघि वेष्ट इन्डिज र दक्षिण अफ्रिकासाग टेष्ट शृंखला खेल्ने तालिका छ । ‘अर्को १८ महिनाको तालिका हांस्यास्पद छ । म सधैं अष्ट्रेलियन क्रिकेटलाई दिमागमा राख्छु, र त्यसपछि फ्रेन्चाइज क्रिकेट,’ स्टार्कले भने, ‘मलाई घरमा समय बिताउन र परिवारसँग रहन मन पर्छ ।’