२०८१ बैशाख ११, मंगलबार    

करेन्ट लागेर एक बालकको मृत्यु

२०७९ असार २०, सोमबार १२:५० बजे

बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका– ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको मृत्यु भएको हो । घरमा जडान भएको मोटर चालउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।

उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा अस्पतालले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।