२०८३ बैशाख ९, बुधबार    

रुखले थिचेर एकजनाको मृत्यु

२०८१ जेठ २२, मंगलबार १६:२७ बजे

मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा हावाहुरीको कारण ढलेको रुखले थिचेर एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान आएको हावाहुरीले मकवानपुरको मनहरी–२ ट्यांकी दमार बस्ने २२ वर्षीय रामबहादुर गोलेको ज्यान गएको हो । उनी आफ्नै घरबाट पूर्व तर्फ आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा नजिकै रहेको रुख ढलेर थिच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले उनको घटनास्थलमै ज्यान गएको हो । उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।