लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत् हेटौंडा–३ बसामाडीमा एकदिने सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
वडा कार्यालयको आयोजनामा भएको सचेतनामा स्थानीय विभिन्न संघसंस्थामा आबद्ध महिलाको सहभागिता रहेको थियो । हेटौंडा–३ का वडा अध्यक्ष ढलक थापाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता एवम् महिला अधिकारकर्मी अप्सरा बस्नेतले सहजीकरण गरेकी थिइन् । वडा सदस्य सविना विडारीले कार्यक्रममा लैंगिक हिंसाविरुद्धको अभियानबारे प्रष्ट्याएकी थिइन् ।
कार्यक्रममा करिब ७५ जना महिलाको सहभागिता रहेको थियो । यसवर्ष ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसाविरुद्ध अभियान’ भन्ने नारासाथ देशभर १६ दिने अभियान सञ्चालन भइरहेको छ ।