२०८३ बैशाख ९, बुधबार    

भीमफेदीको जुरिखेतमा सवारी दुर्घटना, ५ जना गम्भीर घाइते

२०८१ जेठ १६, बुधबार १८:२० बजे

अनियन्त्रित भएर सवारी दुर्घटनाहुँदा मकवानपुरमा ५ जना गम्भीर घाइते भएका छन् ।

भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.६ च ९३६९ नम्बरको कार अनियन्त्रितहुँदा दुर्घटना भएको हो । कार सडकबाट करिब दुईसय ५० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो । प्रहरीका अनुसार १ वर्षीय बालक र करिब ४० वर्षीय युवकको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको थप उपचारका लागि हेटौंडा ल्याइएको छ ।