२०८३ बैशाख ९, बुधबार    

पोतलाको खातामा दश अंक

२०८१ भाद्र २६, बुधबार १९:२६ बजे

हेटौंडाको एफसी पोताला समूह क को शीर्षस्थानमा यथावत् रहेको छ । ४ खेल खेलेको पोतालाको १० अंक भएको छ ।

बुधबार भएको चौथो खेलमा हेटौंडा भेट्रान्ससँग १०–१ को फराकिलो गोल अन्तरले जित निकाल्दै पोतला शीर्षस्थानमा कायम रहेको हो । पोतालाका लागि ऋषि मोक्तानले ५ र दावा लामाले ह्याट्रिक गर्दा प्रितम स्याङ्बो र पाल्देन लामाले एक÷एक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ५ गोल गरेका ऋषि मोक्तान घोषित भए ।

समूह क बाट एक खेल कम खेलेको सक्षम युवा क्लव नेवारपानी ६ अंकसहित दोस्रो स्थानमा र परेली क्लव बस्तीपुर ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । परेलीले पनि एक खेल कम खेलेको छ भने राप्तीरिभर क्लव (आरआर वाइसी) ले नियम विपरितको खेलाडी खेलाएको भन्दै आयोजक फुटबल संघलाई दिएको उजुरीको निस्कर्ष निस्केको छैन ।

यही समूहमा रहेको एफसी इन्टरनेटको ३ खेलबाट ४ अंक, आरआर एफसी र विजय यूथको १ अंक रहेको छ । हेटौंडा भेट्रान्स अझै जितको खोजीमै रहेको छ ।