२०८३ बैशाख ११, शुक्रबार    

भीरबाट लडेर पाख्रीनको मृत्यु

२०८१ फाल्गुन ८, बिहीबार १८:३४ बजे

मकवानपुरको थाहा नगरपालिका ७ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका ५ नलिबनका ३२ वर्षका छोरा राजकुमार पाख्रीन रहेका छन् ।

थाहा नगरपालिका ८ दामगढीस्थित माइला ससुरा अमरबहादुर थिङको घरमा बिवाहको भोज खाएर फर्किदै गरेका उनको भीरबाट लडेर मृत्यु भएको हो । थाहा ७ भट्टीडाँडा स्थित पार्वती गोलेको खाजाघरमा चुरोट किनेर सोही घर पछाडी पिसाव गर्न गएका उनी भीरबाट करिब २ सय मिटर तल लडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको नेतृत्वमा पुगेको प्रहरी टोलीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मृतकको लाश पोष्टमार्टमको लागि हेटौडा अस्पताल ल्याइएको र घटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।