मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७, पेञ्चेमा हात्तीको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् ।
हात्तीको आक्रमणमा परेर स्थानीय ५५ बर्षीय विन्दु माया प्रजा घाइते भएकी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार बिहान ज्यामिरे मध्वर्ती सामुदायिक जङगलमा निहुरो टिप्न गएकी उनलाई जंगली हात्तीले आक्रमण गरेको र घाइते बनाएको हो ।
घाइते प्रजाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल उपचार भइरहेको छ । उनको बाँया खुट्टामा फ्याक्चर, दाँया खुट्टामा सामान्य चोट र छातिमा भित्री चोट लागेको जनाइएको छ ।