२०८३ बैशाख १२, शनिबार    

हेटौंडा–३ मा कांग्रेसको प्यानल नै विजयी,घोषणा हुन बाँकी

२०७९ जेठ ३, मंगलबार १८:२९ बजे

हेटौंडा उपमहानगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

यस वडामा ५१९ मत गणना बाँकी रहँदा ५२३ मतअन्तरले कांग्रेस अगाडि भएको हो । कांग्रेसतर्फबाट अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएको ढलकबहादुर थापा यस पटक निर्वाचित हुने पक्का भएको हो । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने अझै केही समय लाग्ने देखिन्छ । थापा अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेका रामकुमार पुडासैनीलाई पराजित गरेका थिए ।

अहिले दुवै जना प्रतिद्वन्द्वी रहेका थिए ।