आफ्नो पत्नी भगाएकोभन्दै मकवानपुरगढी गाउँपालिका–८, मच्छेडाँडाका ३१ वर्षीय सोमलाल भोम्जनले एकजनालाई कुटपिट गरेका छन् ।
सोमलालले आफ्नो पत्नीलाई भगाएको आरोपमा निजगढ नगरपालिका–१३ का पूर्णबहादुर जिम्बालाई कुटपिट गरेका हुन् । सोमलालले कुटपिट गर्दा पूर्ण घाइते भएका छन् ।
उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन लगिएको हो । उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको ।
प्रहरीका अनुसार सोमलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।