साहित्य सङ्गम चितवनले प्रत्येक वर्ष प्रदान गर्दै अाएको `मदनमोहन जोशी स्मृति पुरस्कार´ यसवर्ष लेखक तथा समीक्षक उदय अधिकारीलाई प्रदान गर्ने भएको छ ।
साहित्य, कला र संस्कृतिमा लगनशील भई खटिने स्रष्टालाई निजको साहित्यिक व्यक्तित्वको अाधारमा दिइँदै अाइएको सो पुरस्कार लेखक अधिकारीलाई सङ्गमको शनिबार बसेको कार्यसमितिको बैठकले निर्णय गरेको हो ।
उक्त पुरस्कारको राशी बीस हजार रुपैयाँ रहेको छ । सो पुरस्कार मदनमोहन जोशी स्मृति दिवस २०७९को अवसरमा कात्तिक २६ गते प्रदान गर्न लागिएको र सोही दिन अधिकारीको नवीनतम कृति `प्रश्न´को परिचर्चा (बहस) समेत गरिने साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंले जानकारी दिए ।