यही चैत्र १६ गते शनिबार हेटौंडाको निको अस्पतालमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
सर्वसाधारणको सहजताका लागि शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालले जनाएको छ । अस्पतालले परामर्शसहित टीभीएस र विर्यको परीक्षण सेवा उपलब्ध गराउनेछ । प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा.समा श्रेष्ठको विशेष उपस्थितीमा स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको अस्पतालका सञ्चालक सुधीर दाहालले जानकारी दिए ।
‘निसन्तानलाई सन्तान, निको अस्पतालको बरदान’ भन्ने नारासहित शिविरको आयोजना गर्न लागिएको उनले बताए । ‘विशेषगरी निसन्तानको समस्या भएकाहरुले यो सेवा लिन सक्नुहुनेछ । सर्वसाधारणको सहजताका लागि हामीले शिविरको आयोजना गरेका हौं’, दाहालले भने, ‘चैत्र १६ गते शनिबार अस्पतालमा आएर सेवा लिनुहुनका लागि सवैलाई अनुरोध गर्दछौं ।
मकवानपुरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको निको अस्पतालले समय समयमा स्वास्थ्य शिविरको आयोजना समेत गर्ने गरेको छ ।