२०८३ बैशाख ११, शुक्रबार    

दुर्घटनामा परेर घाइते मकवानपुरका गौतमको मृत्यु

२०८१ भाद्र २४, सोमबार १५:४० बजे

धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोकस्थित भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४६ वर्षीय उत्तम गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, भदौ २१ गते राति हेटौडा बजारबाट ठुलोदमारतर्फ जाँदै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटो क्रस गर्दै गर्दा ठोकिएर दुर्घटना हुँदा दुइ जना घाइते भएका थिए ।

घाइतेमध्ये गौतमको उपचारको क्रममा भदौ २३ गते मृत्यु भएको हो । उनको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार सम्भब नहुने भनि फिर्ता गरी चुरेहिल अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा गएराती डाक्टरले मृत घोषणा गरेका जनाइएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४४ वर्षिय प्रभाब गौतम अवस्था भने अहिले सामान्य रहेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।