नेपाल भ्यालुअर्स एसोसिएसन (एनभीए) मकवानपुरको प्रथम अधिवेशन मंगलबार पर्यटकीय क्षेत्र कुलेखानीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट सगुन श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मतरुपमा निर्वाचित गरिएको छ । समितिमा उपाध्यक्ष रवि आचार्य, सचिव अनिल बनियाँ, कोषाध्यक्ष अस्मिता श्रेष्ठ रहेका छन् ।
समिति सदस्यहरुमा असगर अन्सारी, कृष्ण अधिकारी, दीपेश सिंह भण्डारी, मनिष महर्जन, सौरभ सुवेदी चयन भएका छन् ।
समिति मकवानपुर तदर्थ समिति अध्यक्ष सगुन श्रेष्ठको सभाध्यक्षता तथा केन्द्रीय अध्यक्ष ऋषि कोइरालाको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह भएको थियो । कार्यक्रममा एनभीए कोसी प्रदेश समितिका अध्यक्ष अमोदराज आचार्यको आतिथ्यता रहेको थियो ।