राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएका छन् ।
हेटौंडामा सम्पन्न सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा लक्ष्मी उप्रेती मैनाली, सहसचिवमा सुभद्रा खड्गे, कोषाध्यक्षमा सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा भएको भेलाले कार्यसमिति चयन गरेको हो ।
संघले सौन्दर्यकर्मीहरुको क्षमता विकासका लागि नयाँ तालिमहरु सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष सिटौलाले बताइन् ।