२०८३ बैशाख १५, मंगलबार    

बसाहा महादेव टोल विकासको साधारणसभा सम्पन्न

२०८० आश्विन २७, शनिबार १८:४४ बजे

बसाहा महादेव टोल विकास संस्था हेटौंडा–३, बसामाडीको पाँचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्था अध्यक्ष कल्पना तामाङको सभाध्यक्षता तथा हेटौंडा–३ का वडा सदस्य हर्कबहादुर पाख्रिनको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

भेलामा हेटौंडा उपमहानगरपालिका समाजकल्याण शाखा अधिकृत गोपिनी गौतम, टोल विकास संस्था नगर समन्वय समिति सचिव श्री हर्करत्न लामा, टोल विकास संस्था नगर समन्वय समिति सदस्य तथा हेटौंडा–३ भुगोल इञ्चार्ज ठिसाङ लामा, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३ अध्यक्ष रोशन गोलेले संस्थाले गरेको कामको विषयमा चर्चा गरेका थिए ।

भेलामा सिमलथली टोल विकास संस्था हेटौंडा–३ अध्यक्ष सुजन न्यौपाने, चक्रदेवी सामुदायिक बन उपभोक्ता समिति हेटौंडा–३ अध्यक्ष सुदिप कार्कीको भेलामा उपस्थिति रहेको थियो ।