हेटौंडा उपमहानगरपालिकाको चालु आर्थक वर्ष २०८१÷०८२ को वार्षिक बजेट बढेको छ ।
हेटौंडा उपमहानगरपालिकाको १६औं अधिवेशनले चालु आर्थिक वर्षको बजेट करिब २० करोड रुपैयाँले बढाएको हो ।
नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको उपमहानगरपालिकाको १६ औं अधिवेशनले चालु आर्थिक वर्षको बजेटमा १९ करोड ९७ लाख रुपैयाँ थप गरेको हो । उपमहानगरपालिकाले गतअसार ७ मा चालु आर्थिक वर्षका लागि २ अर्ब ५२ करोड रुपैयाँ बजेट ल्याएको थियो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार गर्न बजेट संशोधन गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।