मकवानपुर जिल्लाको हेटौंडामा नेपालमै पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको छ। आगामी असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको हो ।
टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
कार्यक्रमा मकवानपुरे चर्चित सेलो गायक प्रकाश तितुङ, गायिकासुमिना लो र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने ओपेरा ईन्फोटेन्मेन्टका प्रोप्राईटर विक्रम लुङ्बाले बताए। उनले सो कार्यक्रमले तामाङ समुदायको मौलिकतामा जागरण ल्याउनुकासाथै मकवानपुरे तामाङ कलाकारलाई प्रत्साहन हुने बिश्वास व्यक्त गरे ।
मकवानपुर जिल्लामा हुने तामाङ समुदायसँग सम्बन्धित हरेक कार्यक्रममा तामाङ घेदुङ मकवानपुर स्वतः एक सहयोगी संस्थाको रुपमा रहने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सचीव किरणमान बलले बताए ।
पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समिति सल्लाहकार सानू लामा, उपाध्यक्ष आत्माराम मोक्तान, कोषाध्यक्ष सुरेश लामा, तामाङ कलाकार संघ मकवानपुर सदस्य तथा कार्यक्रम संयोजक हेम कुमार तितुङ र सेलो गायक तितुङ लगायतको उपस्थिति थियो ।