२०८३ बैशाख ११, शुक्रबार    

पालिकास्तरीय भलिबल संघ गठन, खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास

२०७९ असार २५, शनिबार १८:०८ बजे

मकवानपुर जिल्ला भलिबल संघको अग्रसरतामा पालिकास्तरीय संघ गठन सुरुभएको छ । जिल्लाले भलिबलको विकासका लागि यस्तो अभियान सञ्चालन गरेको हो ।

शनिबार मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय भलिबल संघ गठन गरिएको छ । राजेश अधिकारीको अध्यक्षतामा मकवानपुरगढी गाउँपालिका भलिबल संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा राजन चौलागाई, सचिवमा सिंह बहादुर योञ्जन, कोषाध्यक्षमा अजय योञ्जन सर्वसम्मत चयन भएका छन् । समिति सदस्यमा बालकृष्ण घिमिरे, जीवन बिष्ट, सन्देश तुम्सिङ मगर, बिष्मता पुडासैनी, राम छत्कुलि, विष्णु सिलवाल र भीम बहादुर थापा चयन भएका छन् । यस पालिकामा भलिबल खेल लोकप्रिय खेल छ ।

कार्यक्रममा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलासहित पदाधिकारी तथा सदस्यको पनि उपस्थिति रहेको थियो । सिटौलाले संघ गठन भएपश्चात् प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।