२०८३ बैशाख १०, बिहीबार    

भण्डारीद्वारा पदभार ग्रहण

२०८१ जेठ ३०, बुधबार १७:४० बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् ।

बुधबार भण्डारीले अध्यक्षको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै कर्मचारी, मजदुर, सरोकारवाला पक्षको साथ र सहयोगमा उद्योगलाई सुचारु गर्ने र प्रतिस्पर्धी बजारमा उद्योगलाई सशक्तरुपमा स्थापित गर्ने भण्डारीले प्रतिवद्धता व्यक्त गरे ।

उद्योग नजिकै रहेर आफूले उद्योगको विषयमा धेरै कुरा जानकारी लिएको उल्लेख गर्दै उद्योग समस्यामा पर्नुका कारण पहिचान गरेर सुधार गर्नुपर्ने पक्षका विषयमा अध्ययन गरेर अगाडि बढ्ने बताए । अल्पकालिन र दीर्घकालिन सोँचका साथ काम गर्ने उनको भनाइ थियो ।

हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक बसन्त कुमार पाण्डेले कमजोर अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग सन्चालनको योजनाको प्रस्ताव मन्त्रालयमा पुगेको जानकारी गराए ।