भदौ ७ गतेबाट हुने भनिएको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता एकहप्ता पछि धकेलिएको छ ।
झरी वर्षाकाका कारण मौसम अनुकुल नरहेको भन्दै बुधबार बसेको आयोजक मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिको आकस्मिक बैठकले लिग एकहप्ता पछि अर्थात् भदौ १४ गतेबाट गर्ने निर्णय गरेको हो ।
९ गतेसम्म टिम दर्ता, १० गते खेल तालिका सार्वजनिक र १४ गतेबाट लिग आयोजना गर्ने निर्णय भएको फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए ।