२०८३ बैशाख १०, बिहीबार    

एनपिएल २ – खेलाडी अक्सन यसै महिना

२०८२ श्रावण ११, शनिबार १८:०९ बजे

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यसै महिना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको अक्सन साउन २४ मा हुने जनाएको हो ।

क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म ४ सय ५८ खेलाडी अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम सबै ८ फ्रेन्चाइजी टोलीलाई पठाइसकेको क्यानले बताएको छ ।

एनपिएलमा सहभागी रहने ८ टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सुची केही दिनमा जारी गरिने क्यानले बताएको छ ।

क्यानले दोस्रो संस्करणको सिद्धार्थ बैंक एनपिएल नोभेम्बर डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ । पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधी जितेको थियो ।