२०८१ बैशाख १३, बिहीबार    

माध्यमिक तहसम्मको पाठ्यपुस्तकको गत वर्षकै मूल्य लागू हुने

२०७८ चैत्र २९, मंगलबार १३:२६ बजे

आगामी शैक्षिक सत्रका लागि माध्यमिक तहसम्मको पाठ्यपुस्तकको मूल्य गत वर्षकै मूल्य कायम गर्ने निर्णय गरेको छ । पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गर्दै कक्षा एकदेखि कक्षा १२ सम्ममा पाठ्यपुस्तकको मूल्य २०७७ कायम गर्ने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यथावत् राखेकाले त्यसै अनुसार कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्य विवरण अनुसार गर्न गराउन भनेको छ ।केन्द्रले कक्षा १ को जम्मा मूल्य ५ सय १८ रुपैयाँ चार पैसा, कक्षा दुईको जम्मा मूल्य ५ सय ५६ रुपैयाँ आठ पैसा, कक्षा ३ को जम्मा मूल्य ५ सय ८० रुपैयाँ आठ पैसा, कक्षा ४ को जम्मा मूल्य ६ सय २ रुपैयाँ आठ पैसा, कक्षा ५ को जम्मा मूल्य ४ सय ८ रुपैयाँ एक पैसा तोकिएको जनाएको छ ।

त्यस्तै गरी कक्षा ५ को जम्मा मूल्य ७ सय १२ रुपैयाँ आठ पैसा, कक्षा ७ को जम्मा मूल्य ७ सय ५२ रुपैयाँ चार पैसा, कक्षा ८ को जम्मा मूल्य ७ सय ६१ रुपैयाँ तीन पैसा तोकिएको छ । केन्द्रले कक्षा एकदेखि कक्षा आठसम्म मातृभाषा र स्थानीय विषयबाहेकको जम्मा मूल्य उल्लेख गरेको हो ।


केन्द्रले कक्षा नौ को अनिवार्य सबै विषयको मूल्य ७ सय ७४ रुपैयाँ चार पैसा, कक्षा १० को अनिवार्य विषय सबैको ४ सय ९६ रुपैयाँ पाँच पैसा, कक्षा ११ को अनिवार्य तीन विषयको जम्मा २ सय ७० रुपैयाँ ६ पैसा र कक्षा १२ को अनिवार्य तीन विषयको ३ सय २३ रुपैयाँ ९ पैसा ताकेको छ ।