२०८१ बैशाख १२, बुधबार    

कमल थापाद्वारा मतदान

२०७९ मंसिर ४, आईतबार ०९:०५ बजे

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माविबाट मतदान गरेका हुन् ।

उनी यसपटक नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन् ।

थापा अघिल्लो निर्वाचनमा यसैक्षेत्रबाट नेपाली कांग्रेसको सहयोगमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए ।