२०८१ बैशाख २०, बिहीबार    

अर्थतन्त्र संकटमा नरहेको प्रधानमन्त्री प्रचण्डको दावी

२०८० चैत्र १६, शुक्रबार १३:१७ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्क्र संकटमा नरहेको दावी गरेका छन् ।

शुत्रबारबाट हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको बाटोमा रहेको दावी गरेका हुन् । ‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले धेरै सुधार भइसक्यो ।’,

उनले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘स्रोत सुनिश्चितता नगरी धेरै योजना अगाडि बढाइएको रहेछ । अहिले हामीले योजना पूर्णरुपमा सम्पन्न भएको आयोजनाको भुक्तानी दिइसकेका छौं ।’, प्रधानमन्त्री प्रचण्डले स्रोत सुनिश्चिता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा काम अगाडि नबढाउने बताए ।

उनले निर्माण व्यवसायी मैत्री कानुन निर्माण गरिने र सार्वजनिक खरिद नियमावली संशोधन गरिने बताए । ‘अहिले सदन सञ्चालनमा छैन । वन ऐन संशोधन गरी विकासमैत्री बनाइनेछ ।’, प्रधानमन्त्री दाहालले सम्झौता बमोजिमको काममा गुणस्तरीयता कायम गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै अन्यथा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिए ।