२०८१ माघ ६, आईतबार    

मनहरीका २१ कृषकले पाए राहत

२०८१ असार २५, मंगलबार १४:३५ बजे

मनहरी गाउँपालिका–३ का २१ कृषकहरुले राहत प्राप्त गरिएको छ ।

मंगलबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी विपद्बाट बालीमा पुगेको क्षतिबापत् २१ जना कृषकहरुलाई राहत वितरण गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा वडाको बजेटमा नै बाली क्षति भएका कृषकहरुका लागि राहतको व्यवस्था गरिएको वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए ।

तरकारी पकेट क्षेत्रका लागि नेपालमै प्रशिद्ध हाँडीखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षति भएको थियो । कृषकहरुले दुःख गरेर लगाएको बाली विपद्का कारण क्षति भएपछि उनीहरुको मेहेनतलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको वडा अध्यक्ष अर्यालले बताए ।

कृषकहरुलाई जनही १०/१० हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको थियो ।