२०८० चैत्र १६, शुक्रबार    

हेटौंडेली खेलाडी रिजन नेपाल टि २० लिगमा आबद्ध

२०७९ भाद्र २६, आईतबार १९:४० बजे

नेपाल टि २० लिगको ड्राफ्टमा हेटौंडेली खेलाडी पनि अनुबन्धित भएका छन् ।  ६ फ्रेन्चाइज टोलीले नेपाली सबै खेलाडी अनुबन्ध गर्दा हेटौंडाका रिजन ढकाल पनि अनुबन्धित भएका हुन् ।

आइतबार साँझ सम्पन्न नेपाली खेलाडीको ड्राफ्टमा सबै फ्रेन्चाइजले नेपाली टोली अनुबन्ध गरेका छन् । ग्रेड ए र मार्की खेलाडीले जनही १५ लाख रुपैयाँ पाउनेछन् । ग्रेड बीमा अनुबन्ध भएका खेलाडीले जनही १० लाख पाउनेछन् । ग्रेड सी अनुबन्ध भएका खेलाडीले जनही ५ लाख पाउनेछन् । नेपाल टि २० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ ।

ढकाल विराटनगर किंग्समा आबद्ध भएका हुन् । राष्ट्रिय टोलीका निमित्त कप्तान रोहित पौडेल (मार्की) खेलाडी रहेको यस टोलीमा उनी सी ग्रेडको खेलाडीको रुपमा आबद्ध भएका हुन् ।