२०८१ बैशाख १६, आईतबार    

एसियाली बुद्धिचाल उपाधिको छिनोफानो आइतबार मात्रै

२०८० मंसिर १६, शनिबार १९:४४ बजे

हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधिको छिनोफानो आइतबार मात्र हुने भएको छ । शनिबार सातौं चरणको खेल सम्पन्न हुँदासम्म भारतीय  खेलाडी सुभयान कुण्डु र बंगलादेशी आइएम मोहम्मद मिनहाज उद्दिन संयुक्त अंकका साथ शीर्ष स्थानमा रहेका छन् ।

हालसम्म दुवै खेलाडी अपराजित रहेका छन् । दुवैले हालसम्म पाँच जित र दुई बराबरीसहित ६ अंक जोडेर संयुक्तरुपमा शीर्ष स्थानमा रहेका हुन् ।

प्रतियोगिताको शीर्ष वरीयता २३९३ रेटेड भारतीय खेलाडी सुभयान सुभायानले भारत कै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटीबाट खेल आरम्भ गरेका थिए । उक्त खेलमा राहुलले छैटौं चालअन्तर्गत बिसप डि सिक्स चाल्दै सानो गल्ती गर्न पुगे । जसको फाइदा लिँदै सुभयानले सोह्र चालभित्रै छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे ।

उनले आठौं चरणको खेलमा बंगलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसँग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामार्फत् ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आइएम उपाधि प्राप्त गर्ने लक्ष्य रहेको उनले बताए ।