२०८१ बैशाख २७, बिहीबार    

प्रदेशसभामा तीनवटा विधेयक पेश, दुईवटा पारित

२०७८ फाल्गुन २९, आईतबार १९:२० बजे

हेटौंडा/ लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसक्दा सरकारले प्रदेशसभामा दर्ता गराएको विधेयक टेबुल हुन सकेको थिएन । आइतबारको बैठकमा तीन वटा नयाा विधेयकहरु टेबुल भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले तीन वटा विधेयक पेश गरेका हुन् ।

प्रदेश विपद् व्यवस्था ऐन, संशोधन विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, संशोधन विधेयक र प्रदेश अनुसन्धान व्युरो विधेयक प्रदेशसभामा टेबुल भएको छ । केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ ।

दुई वटा विधेयकहरु पारित भएको छ । अघिल्लो सरकारले नै पेश गरेको र समितिमा पनि छलफल भइसकेको दुई वटा विधेयकहरु आइतबार पारित भएका हुन् । प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धी विधेयक पारित भएको हो ।