२०८१ बैशाख १४, शुक्रबार    

गढीमा कांग्रेसको अग्रता

२०७९ जेठ १, आईतबार १९:५२ बजे

मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तानले अग्रता कायमै राखेका छन् ।

लामाले नेकपा एमालेका उम्मेदवार विदुर हुमागाईंको भन्दा १ हजार १ सय ८८ मत बढी ल्याएर अग्रता कायमै राखेका हुन् । मकवानपुरगढीमा हालसम्म वडा नम्वर १ र २ को मतगणना सम्पन्न भइसकेको छ । जसमा लामाले हुमागाईंलाई ६५२ मतले पछि पारेका थिए । दुवै वडाको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अहिले वडा नम्वर २ र ७ को मतगणना भइरहेको छ । हालसम्म वडा नम्वर २ को १ हजार मत गन्दा लामाले ५४३ मत पाएका छन् भने हुमागाईंले ३३१ मत प्राप्त गरेका छन् । त्यस्तै वडा नम्वर ७ को १ हजार १ सय मत गणना गर्दा लामाले ६२९ मत प्राप्त गर्दा हुमागाईंले ३०५ मत ल्याएका छन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।